पोखरा म्याराथनमा ४ लाख ४१ हजार आम्दानी
पाेखरा | बैशाख ९, २०८०
पोखरा: १७ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा ४ लाख ४१ हजार आम्दानी भएको नेपाल भूतपूर्व खेलाडी मञ्चले जनाएको छ ।
मञ्चको पोखरामा शनिबार सम्पन्न १२ औं वार्षिक साधारण सभा तथा २२ औं स्थापना दिवसको अवसरमा उक्त जानकारी दिइएको हो । गत फागुन ६ गते सम्पन्न म्याराथनमा विभिन्न प्रायोजक र सहयोगीहरुबाट रु ६१ लख ६१ हजार ३७३ र खर्चतर्फ रु ५७ लाख १९ हजार ७८५ गरी कुल रु ४ लाख ४१ हजार ५८८ आम्दानी भएको मञ्चले जनाएको हो ।
साधारण सभाको उद्घाटन गर्दै नेपाली सेना पश्चिम पृतना उपरथी दिपक कुमार बानियाले नेपालको खेलकुद विकासमा मञ्चले गरेको कार्य प्रशंसनिय रहेको बताउँदै शुभकामना व्यक्त गरे । उनले भने–“मञ्चको आयोजनामा हुने पोखरा म्याराथन होस वा अन्य सामाजिक कृयाकलाप यसले सबैलाई हौसला मिलेको छ र नेपाली सेनाले समेत मञ्च संग सहकार्य गर्दै खेलकुद विकासमा अघि बढेको छ ।”
कार्यक्रममा आफ्ना भनाई राख्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिव घनश्याम पौडेलले खेलकुदमा संघियता नआउँदा नितिगत रुपमा धेरै समस्या आएको उल्लेख गरे । मञ्चले खेलकुद र सामाजिक अभियानमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै उनले आगामी दिन समेत प्रदेशको खेलकुद विकासका लागि मञ्च र परिषद सहकार्य गर्दै अघि बढ्ने बताए ।
मञ्चका तथा प्रदेश खेलकुदका निवर्तमान सदस्य सचिव तेज बहादुर गुरुङले मञ्चको भूमिका खेलकुद विकासका लागि ऐतिहासिक रहेको जनाउँदै प्रदेशको खेलकुद जग बलियो बनाउन मञ्च संघै सबै संग हातेमालो गर्दै अघि बढ्ने बताए ।
मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट, मञ्चका प्रथम उपाध्यक्ष दिल बहादुर गुरुङ, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिननाथ बराललगायतले आफ्ना भनाई राख्दै मञ्च अझैसबै संग सहकार्य गर्दै सक्रियताका साथ अघि बढ्ने बताए ।
सो अवसरमा मञ्चका महासचिव कृष्ण तिमिल्सिनाले संस्थाको सागाँठानिक प्रतिवेदन र कोषाध्यक्ष महेश पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मञ्चका आजिवन सदस्य स्व.पदम बहादुर कार्की, स्व.योगेन्द्र बहादुर बस्नेत र स्व.अमर तुलाचनलाई मराणोपरान्त सम्मान गरिएको थियो भने सो अवसरमा १६ औं सस्करण पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउन सहयोग गर्ने संस्थाहरु तथा व्यक्तिहरुलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।
साधारण सभा तथा २२ औं स्थापना दिवसको अवसरमा मञ्चले १८ औं संस्करणको तयारी थालेको घोषणा गरेको छ भने पुरस्कारको कुल राशी २५ लाख पु¥याउने घोषणा गरेको छ । यसका साथै एथलेटिक्स खेलाडी तथा निर्णायकहरुको उत्पादनका लागि कार्यक्रम अघि बढाउने संगै आफ्नै कार्यालय भवन निर्माणका लागि अघि बढ्ने योजना समेत घोषणा गरेको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

